अस्पताल निर्माणमा ढिलासुस्ती

डडेल्धुरा – डडेल्धुराको भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिका–८ स्थित गोदाम बजारनजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिको ढिलासुस्तीले अहिले निर्माण कार्य ठप्प रहेको हो ।

maya metro hospital

संघीय सरकारको बजेटबाट अस्पताल निर्माणका लागि परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउदको कम्पनी राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले ७ करोड ३९ लाख ९७ हजार ५ सय रूपैयाँमा सम्झौता गरेको थियो ।

joshi vada pasal 2

उक्त निर्माण कम्पनीले साढे ३९ प्रतिशत घटिघटाउ रकममा ठेक्का परेको थियो। निर्माण कम्पनीका तर्फबाट जयबहादुर ऐरले पालिकासँग सम्झौता गरेका थिए । २ वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

गत वर्ष असार २३ गते ठेक्का सम्झौता भएको कम्पनीले एक वर्ष पुग्नै लाग्दा पनि ५ प्रतिशत मात्र काम भएको आलिताल गाउँपालिकाका इन्जिनियर आकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.