अत्तरिया – संचार क्षेत्रका लागि सुदूरपश्चिम सरकारले १ करोड २० लाख विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो कुरा बताएका हुन ।
उनले आम संचार एवम पत्रकारीता क्षेत्रको क्षमता विकास मिडिया सेन्टरको भवन मिर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफ एम रेडियोलाई पुजिगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न, लोक कल्याणकारी विज्ञापनका लागि उक्त रकम विनियोजन गरेको बताएका हुन ।
