अत्तरिया – सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका मुख्य राजमार्गहरुमा सिसिटीभि र ट्राफिक लाईट जडानको लागी बजेट विनियोजन गरेको छ ।
बुधबार आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशका मुख्य राजमार्गमा सिसिटीभि क्यामेरा र ट्राफिक लाईट जडानका लागी रु. ४ करोड विनियोजन गरेको बताए ।