अत्तरिया – सुदूरपश्चिममा दुग्ध चिस्यान तथा प्रसोधन केन्द्र स्थापना हुने भएको छ ।
बुधबार प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रममा समावेश भएसँगै प्रदेशमा दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र निर्माण हुने भएको हो ।
प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री प्रकाश रावलले दुग्ध चिस्यान तथा प्रसोधन केन्द्रका लागी ३ करोड बजेट विनियोजन गरेको बताए ।
उक्त केन्द्रले दुग्धजन्य पदार्थको संकलन र बजारीकरण गर्ने बताईएको छ ।