गोदावरी – १ को बजेट १ करोड बढी, पुर्वाधार विकाशमा मात्रै ८० लाख विनियोजित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०७९/०८० को लागी १ करोड भन्दा बढीको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार छैटौ वडाभेला मार्फत वडा कार्यालयले १ करोड ११ लाख ७७ हजार ८ सय ५३ रुपैया बराबरको निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

maya metro hospital

नगरपालिकाबाट पठाएको बजेट सिलिङ अनुसार सार्वजनिक गरिएको निति तथा कार्यक्रममा सबैभन्दा बढी पुर्वाधार विकाशका लागी बजेट छुट्याईएको छ । वडाध्यक्ष गोपाल दत्त भट्टले पुर्वाधार विकाशमा जम्मा रकमको करिब ७२ प्रतिशत रकम विनियोजित गरिएको बताए ।

उनले नाली सहितको बाटो कालोपत्रे, ढल निकाश, कल्भर्ट, तटबन्धन, बाटो ग्राभिल लगायतका पुर्वाधार विकाशका कार्यका लागी वडाले जम्मा रकममध्ये ८० लाख रुपैया बजेट विनियोजन गरेको बताए ।

attariya hospital

यसैगरी वडाले सामाजिक विकाशतर्फ १६ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट शिक्षा, खेलकुद, स्वास्थ्य, संस्कृति लगायतका कार्यहरु गरिने वडाध्यक्ष भट्टले बताए ।

वडाको निति तथा कार्यक्रममा आर्थिक विकाश तर्फ ६ लाख २५ हजार रुपैया विनियोजित गरिएको छ भने वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ लाख र शुसाशन तथा संस्थागत विकाश तर्फ ८ लाख ५२ हजार ८ सय ५३ रुपैया बजेट छुट्याईएको छ ।

आर्थिक विकाश तर्फ छुट्याईएको बजेट कृषि तथा उद्योग र सिपमुलक तालीमहरुमा खर्च गरिने वडाध्यक्ष भट्टले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.