खोड्पे बजारमा खानेपानीको हाहाकार

 

बैतडी – बैतडीको पाटन नगरपालिका – ८ स्थित खोड्पे बजारमा ५ दिनयता खानेपानीको हाहाकार भएको छ । बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहा समेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन् ।

maya metro hospital

लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी मगाउनु परेको होटेल व्यवसायी मानबहादुर राईले बताए । अन्यत्रबाट ल्याएको पानी ग्राहकलाई पुगाउनै मुस्किल परिरहेको उनले बताए ।

joshi vada pasal 2

बजारमा खानेपानी नआउँदा पिउन, खाना पकाउन, गर्मीको समयमा सरसफाइ गर्न समस्या भएको स्थानीय दीपक ऐरले बताए । विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको छ ।

लिफ्ट प्रणालीबाट सञ्चालन गरिएको खानेपानी आयोजना विद्युतको भोल्टेज नपुग्दा अवरुद्ध हुन पुगेको वडाध्यक्ष हरिस विष्टले बताए । बजार व्यवस्थापन समिति अध्यक्ष समेत रहेको विष्टले भने, ‘खानेपानी मुहानबाट तान्नका लागि ३ सय ८० भोल्टेज आवश्यक पर्छ। अहिले ३ सय ४० भोल्टेज मात्रै आएको छ । विद्युत् प्राधिकरणसँग निरन्तर सम्पर्कमा छौँ। भोलिसम्म विद्युत् लाइन हेरिदिने भनेका छन् । १÷२ दिनमा पानी सुचारु हुनसक्छ ।’

विद्युत् वितरण केन्द्र बैतडीका अनुसार मंगलबारसम्म विद्युत मर्मतको लागि प्रविधिक टोली आउने छ ।

खोड्पेमा बेलाबेला खानेपानीमा समस्या हुँदै आएको छ । खोड्पेमा एक दर्जन बढी कार्यालयहरू, दुई सय बढी पसल तथा होटेलहरू, दैनिक आउने हजारौँ यात्रुहरू समस्यामा पर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.