डोटीमा अक्सिजन प्लान्ट जडान
डोटी – जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो । प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिं भाटले बताए ।