बैतडीका प्रजिअ पाण्डेको सरुवा

बैतडी – बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ । पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो । विस २०७८ साल वैशाखमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका पाण्डेको सरुवा भएको जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

maya metro hospital

पाण्डेको ठाउँमा नयाँ प्रजिअ सुरेश पन्थी आउने भएका छन् । दुई महिनाअघि सहसचिव भएर गृह मन्त्रालयमा रहेका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लागेका हुन् । सरुवा भएर गएका सिडियो पाण्डेले बैतडी जिल्लामा १३ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए ।

joshi vada pasal 2

१३ महिना बैतडीका नागरिकको सेवा गर्न पाउँदा आफूलाई खुसी लागेको र बैतडी जिल्लाको शान्ति सुरक्षा लगायत सबै काममा सहयोग गर्ने सुरक्षानिकाय, राजनीतिक दल र आम बैतडीवासीप्रति उच्च सम्मान रहेको उनले बताए ।

साथै स्थानीय निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सिडियोको भूमिका उल्लेख्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.