डडेल्धुरामा हायस दुर्घटना हुँदा ९ जना घाईते, १ को अवस्था गम्भीर

अत्तरिया – डडेल्धुरामा हायस दुर्घटना हुँदा ९ जना घाईते भएका छन ।

maya metro hospital

बुधबार धनगढीदेखि डोटी गइरहेको सुपप्र ०१००१ख ३१०९ नम्बरको हायस केआइ सिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवाखोलामा दुर्घटना हुँदा हायसमा सवार ९ जना घाईते भएका हुन ।

joshi vada pasal 2

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेमध्ये कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारीको अवस्था गम्भीर रहेको छ ।

घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको र गम्भीर घाईते अधिकारीलाई अस्पतालले रिफर गरेको बुझिएको छ । ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.