शुक्लाफाँटामा २८ हजार बढी पर्यटकले गरे भ्रमण

धनगढी – कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पछिल्लो १० वर्षमा २८ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा हेरिएको उक्त राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी गरेर २८ हजार ९ सय ६६ जना पर्यटकले अवलोकन गरेका हुन ।

maya metro hospital

जसमध्ये १ हजार ६ सय ४७ जना विदेशी, १ हजार २३ जना सार्क राष्ट्रका र बाँकी स्वदेशी पर्यटक रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

joshi vada pasal 2

निकुञ्जका अनुसार आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७५/७६ सम्म क्रमशः ५ सय ४०, ४ सय ७१, ९ सय ८४, ८ सय २४, १ हजार ९ सय १९, २ हजार ६ सय ४०, ४ हजार ७ सय ४० र १२ हजार १ सय ३८ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ३ सय ५० जना विदेशी पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

कोरोना महामारीकै क्रममा गत आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशीसहित २ हजार ९ सय ३५ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६/७७ मा १ सय विदेशीसहित १ हजार ७ सय ७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए ।

कोरोना महामारीका कारण शुक्लाफाँटाकोमात्रै नभइ सबै ठाउँमा केही वर्षसम्म पर्यटन ठप्प भएको थियो । कोरोना महामारी कम भएपछि फेरि पर्यटन गतिविधि बढेको छ । पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ ।

कोरोनाका कारण प्रभावित जनजीवनदेखि लिएर विभिन्न क्षेत्र सहज भएपछि घुमघामका लागि पर्यटक आउन थालेका हुन । महामारीका क्रममा थला परेको शुक्लाफाँटाको पर्यटन विस्तारै लयमा फर्केको छ । (नेपाल रिपब्लीकबाट)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.