अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले नेपालको वन व्यवस्थापन मोडल विश्वमै उत्कृष्ट भएको बताएका छन । मंगलबार वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (नेफग) को चौथो राष्ट्रिय महाअधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा गरिएको वन संरक्षणको मोडेलको विश्वका धेरै देशका मानिसहरुले अध्ययन गर्ने बताएका छन ।

‘अहिले नेपालले गरेको वनको व्यवस्थापनका बारेमा अध्ययन गर्नका लागि अन्तराष्ट्रिय समुदायको पनि अकर्षण रहेको छ’ उनले भने ‘विश्वमा धेरै पीएचडी गर्नेहरुपनि नेपालको वन व्यवस्थापनका बारेमा अध्ययन गर्ने गरेका छन । अहिले अट्रेलिय, अमेरिका, युरोपका मान्छेहरु नेपालमा आएर अध्ययन गरिरहेका छन ।’

उनले सामुहिक भावनामा प्रेरित भएर नेपाको वन जोगिएको बताए । उनले भने ‘यो अनुकरणिय छ । यसलाई सम्मानलाई जोगाउनु पर्छ । यदी यसरी वन संरक्षण नगरिएको भए नेपालको वन जोगाउन समस्या हुने थियो ।’
उनले नेपालमा २२ हजार भन्दा बढी सामुदायिक वन रहेको बताए । सुदूरपश्चिममा ५६ प्रतिशत भूभागमा वन रहेको बताउँदै उनले कुनै पनि देशको ३३ प्रतिशत भूभागमा वन नभएमा त्यो देश वातावरणिय हिसावले बस्न लायक नभएको भनिने गरेको बताए । ‘हाम्रो यो वन सम्पदा भएको ठाउँलाई अझै संरक्षण गर्न आवश्यक छ’ उनले भने ‘हामीले संरक्षण गरेको वनले अन्य क्षेत्रलाई मानिसलाई पनि फाइदा पुग्दछ ।’
उनले राज्यले राम्रो काम गर्ने वन उपभोक्ता समितिलाई प्रोत्साहन गरिनुपर्ने बताए । उनले भने ‘२२ हजार वटा वन मध्ये केहीले नराम्रो काम पनि गरेका होलान संमग्रमा वनबाट धेरै काम भएका छन ।’
आर्थिक फाइदा लिन आवश्यक
उनले वनबाट नेपालले आर्थिक रुपमा पनि फाइदा लिन आवश्यक रहेको बताए । उनले अहिले वनबाट नेपालले फाइदा लिन नसकेकाले काठ पनि बाहिरबाट आयात गर्नुपरिरहेको बताए ।
‘वन संरक्षण मात्रै नभएर वनबाट आर्थिक रुपमा पनि फाइदा लिन आवश्यक छ । अहिले हामीसंग प्रयाप्त वन हुँदा हुँदै पनि बाहिरबाट काठ आयात गर्नुपरिरहेको छ’ उनले भने ‘राष्ट्रिय अर्थतन्त्रमा वनबाट जुन किसिमको बल पुग्नुपथ्र्यो त्यसमा अझै हामी कमजोर नै छौ ।’
उनले वनबाट फाईदा लिनका लागि वैज्ञानीक वन उपयुक्त भएको बताए । ‘जो पुराना रुख हुन्छन । ति रुख समयमा काट्न नसकेमा ति रुखको हैसियत दाउराको हुन्छ’ उनले भने ‘वैज्ञानिक वन व्यवस्थापन अनुसार समयमा ति रुख काट्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्र बढाउन पनि सहयोग पुग्छ । नयाँ बिरुवा पनि उम्रिन पाउन्छन ।’
उनले वैज्ञानिक वन व्यवस्थापनलाई गलत नजरले मात्रै नहेरिनु पर्ने बताए । ‘यहाँ वन व्यवस्थापन गर्न थालियो भने त्यसलाई गलत नजरले हेरिन्छ । वैज्ञानीक वन बनाउँदा यसमा काठ काटेर हिनामिना हुन्छ भन्ने आशंका गरिन्छ’ उनले भने ‘अब वनको पनि व्यवस्थापन हुनुपर्छ । काठ आपुर्ति रोक्नको लागि यसले सहयोग पुग्न सक्छ ।’
नेफगका केन्द्रिय अध्यक्ष शंकरमल्ल ठकुरीको अध्यक्षतामा आयोजित राष्ट्रिय महाअधिवेशनको उद्घाटन सत्रको संचालन नेफगका महासचिव कालुभाई खड्काले गरेका थिए ।
नयाँ कार्यसमिति चयन
वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (नेफग) को केन्द्रिय अध्यक्षमा कालुभाई खड्का चयन भएका छन । चौथो राष्ट्रिय महाअधिवेशनबाट अध्यक्षमा काठमाण्डौंका खड्का सर्वसम्मच चयन भएका हुन ।
यस्तै समितिको उपाध्यक्षमा चितवनकी प्रमिला खड्का र महिसचिवमा अत्तरियाका टिका दत्त जोशी चयन भएका छन । कोषाध्यक्षमा काठमाण्डौंकै सुभद्रा खड्का चयन भएका छन ।