संघर्ष समितिले प्रस्तावित गेटा मेडिकल कलेजमा स्वास्थ्य शिविर संचालन गर्ने
अत्तरिया – प्रस्तावित गेटा मेडिकल कलेजमा स्वास्थ्य शिविर संचालन गरिने भएको छ । गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समितिले जेठ ३१ गते स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।
जेष्ठ ११ गते देखि यथाशिघ्र गेटा मेडिकल कलेज संचालनको लागि दबाव दिदैं आएको समितिले हाल गेटामा तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालय मोडालिटीमा संचालन गरिनुपर्ने दवाव दिर्दै बिभिन्न दबाव मुलक कार्यक्रम गर्दै आएको छ ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले सरकारलाई छिटो सेवा संचालनका लागि दबाव दिन विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर संचालन गरिने बताए ।
उनले स्वास्थ्य शिविर संचालनका लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु संग छलफल भइरहेको बताए ।