सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
धनगढी – सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका बझाङ, दार्चुला र बैतडी लगायतका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको हो ।
मंगलबार दिउँसो १२ बजेर ५० मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बैतडीको दोगडाकेदार – ७ देउलेक मा भुकम्पको केन्द्रबिन्दु रहेको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।