मिस नेपाल-२०२२ का प्रतियोगी पुगे डाबर नेपालको नर्सरीमा

 

बनेपा– डाबर वाटिका मिस नेपाल-२०२२ का २४ प्रतियोगीहरु सोमबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् । यो भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समस्याहरु बुझ्न पाउनुका साथै ती समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए ।

maya metro hospital

मिस नेपालका सहभागीहरुले त्यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएको र ती जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा प्रयोग गरेका छन् ।

आइतबार विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षारोपण गरी मनाएका थिए । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई परिचय गराउन पाएकोमा गर्व गरेको प्रतिक्रिया दिएका छन् ।

attariya hospital

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.