कञ्चनपुर र बैतडीमा ३ जनाको शव फेला

अत्तरिया – कञ्चनपुर र बैतडीमा गरी ३ पुरुषको शव फेला परेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडाका ३५ वर्षीय हिक्मत बमको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

maya metro hospital

मानसिक अवस्था ठिक नभएको बताइएको उनको शरीरमा कुनै चोटपटक नलाएको प्रहरीले बताएको छ । बमको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

बैतडीमा बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।

attariya hospital

जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हो। बोल्न नसक्ने र सुस्त मनस्थितिका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ। रावतको शव आफन्तको जिम्मा लगाइएको छ ।

धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेटिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.