गर्मी बढेपछि चार दिन विद्यालय बन्द
कञ्चनपुर – पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ ।
सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि २४ गतेदेखि २७ गते शुक्रवारसम्म विदा दिने निर्णय गरेको जनाएको छ । गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।