अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बिहिबार बसेको पहिलो कार्यपालिका बैठकले बिभिन्न जनमूखि निर्णय गरेको छ ।
जसअन्तरगत जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै बैठकले नगरपालिकाको शव बाहान खरिद गर्ने र गोदावरी आर्यघाट सम्म जाने बाटो कालोपत्रे गर्ने निर्णय पनि गरेको छ ।
जसअन्तरगत हनुमान मन्दिर देखि आर्यघाट सम्म जानेबाटो कालोपत्रे गरिने नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।
यस्तै बैंठकले अत्तरिया चोकमा सडक बत्ती (हाइमास्ट लाईट) राख्ने, चोकमा पानी जम्ने समस्या सामाधानका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगर संग समन्वय गरेर काम अगाडी बढाउने, बजारमा खोका छाप्रा व्यवस्थापन गर्ने निर्णय गरेको नगरप्रमुख भट्टले बताए ।
बैठकले भूमि व्यवस्थापनको कामलाई पछि छिटै सक्ने गरी काम अगाडी बढाउने निर्णय गरेको छ ।हाल गोदावरी नगरपालिकामा राष्ट्रिय भूमी आयोग मार्फत भइरहेको जग्गा नापीको कामलाई तिव्रता दिएर लालपुर्जा वितरणको काम पनि अगाडी बढाउने निर्णय गरिएको नगरप्रमुख भट्टले बताएका छन ।
यस्तै कार्यपालिका बैठकले नगरपालिकाको समग्र विकासका लागि विज्ञटोली गठन गर्ने निर्णय पनि गरेको छ ।