गोदावरीमा लालपुर्जा वितरणको तयारी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमी आयोग मार्फत गोदावरी नगरपालिका – २ पहाड रोडको उत्तर पट्टिका ६१ परिवारलाई लालपुर्जा वितरणका लागि तयारी अगाडी बढाइएको हो ।

maya metro hospital

राष्ट्रिय भूमी आयोग गोदावरीका संयाजक बसन्त कुमार खत्रीले पहिलो चरणमा अव्यवस्थित बसोबास गरेर बसेका ६१ परिवारलाई लालपुर्जा दिने तयारी थालिएको बताए । उनका अनुसार हाल गोदावरी – ५ मा जग्गा नापीको काम सकिएको छ भने वडा नम्बर २ मा जग्गा नापीको काम जारी रहेको छ ।

‘आयोगले ६१ परिवारलाई असार मसान्त भित्रै लालपुर्जा वितरण गरेर लालपुर्जा वितरणको सुभारम्भ गर्ने प्रस्ताव गरेको छ’ उनले भने । राष्ट्रिय भूमी आयोगको केन्द्रिय टोलीले बुधबार गोदावरी नगरपालिकाका मेयर सहितको टोलीसंग लालपुर्जा वितरण गर्ने विषयमा छलफल गरेको थियो ।

attariya hospital

टोलीमा राष्ट्रिय भूमि आयोगको केन्द्रिय टोलीमा विज्ञ सदस्य टेक बहादुर शाही, नापी विभागका प्रमुख नापी अधिकृत जनकराज भट्ट, सर्वेक्षक विरेन्द्र सिंह, डा.तुल बहादुर साउँद रहेका थिए ।

गोदावरीको वडा नम्बर १ मा भने २ बर्ष अगाडी नै नगरपालिका मार्फत नै नापीको काम गरिएको थियो । संयोजक खत्रीले पुरानो नापीको कामलाई आयोगले मान्यता दिएको बताए । हाल नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन । गोदावरीमा यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत तथ्याङ्क संकलन गरिएको थियो भने हाल देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट गठन गरेको राष्ट्रिय भूमि आयोग अन्तरगत जग्गा नापीको काम चलिरहेको छ । गोदावरीमा दोस्रो चरणमा भएको सम्झौता अनुसार चैत्र ९ गते देखि जग्गा नापीको काम चलिरहेको छ ।

१० महिना भित्रमा सबैलाई लालपुर्जा

यसैबिच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले आफूले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने आट गरेको बताएका छन । नेपाल मानव धर्म सेवा समितिले अत्तरियामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको बुधबार उद्घाटन गर्दै मेयर भट्टले सो कुरा बताएका हुन । ‘अहिले तपाईहरुलाई लालपुर्जाको पनि खाचो छ त्यसका लागि आज मात्रै मैले काठमाण्डौंबाट टोली मगाएको छु’ मेयर भट्टले भने ‘भूमी आयोगको टोलीले गोदावरीमा आएको हो । मैले टोलीलाई सबैभन्दा पहिले गोदावरीबाट काम सुरु गर्न अनुरोध गरेको छु । ३ बर्ष भित्रमा सबैको हातमा लालपुर्जा दिनुपर्ने सरकारले लक्ष्य लिएको छ । तर, गोदावरीका दाजुभाइ दिदीबहिनीलाई १० महिना भित्र पुर्जा दिने छु भन्ने आट गरेको छु ।’

उनले कार्यक्रममा सहभागिहरुलाई आफ्ना समस्या ढुक्क संग आफूलाई सुनाउन आग्रह गरे । उनले भने ‘मेयर भएर बिरेन्द्र भट्ट परिवर्तन भयो भन्ने नठान्नु होला । म पहिलो जस्तो थिए अहिले पनि त्यस्तै हो ।’

स्थानीय निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक धार्मीक कार्यक्रममा उपस्थित भएका मेयर भट्टले धार्मीक कार्यक्रमले आचरण सुधार र संस्कारी बनाउने बताए ।

उनले आफूले नगरपालिकाबाट नेपाल मानव धर्म सेवा समितिलाई सक्दो सहयोग गर्ने बताए । दुर्गा लक्ष्मी बहुमुखि क्याम्पस संचालनको अनुभव सुनाउँदै उनले सार्वजनिक संस्था संचालन गर्न पनि निकै चुनौतिपूर्ण भएको बताए ।

‘मेरो लागि चुनौती धेरै छन । काम गर्नुपर्ने धेरै छन । बजेट सिमित छ’ उनले भने ‘तर, हामीले यस्ता धार्मीक संस्थालाई सहयोग गर्छौ ।’
बुधबार देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जेठ २४ गते सम्म संचालन गरिने जनाइएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आश्रमको भौतिक संरचना निर्माणका लागि आयोजना गरिएको श्रीमद्घागवत सप्ताह ज्ञान महायज्ञमा बाल ब्यास पंं श्री कपिल देव चालिसले भगवत कथा बाचन गर्ने महायज्ञ मुल समारोह समितिका अध्यक्ष राम बहादुर रिमालले जानकारी दिएका छन ।

महात्मा श्री क्षमा बाईजीको अध्यक्षतामा भएको कार्यक्रमा मेयर भट्ट संगै उपमेयर शारदा रोकाया लगायतका ब्यक्रिहरुको सहयागिता रहेको थियो । यसैबिच उक्त समारोहको अवसरमा स्व. कमल स्मृति सभा हलको समेत उद्घाटन गरिएको थियो ।

अत्तरियाकी धर्मी खड्काले आफ्ना स्वर्गिय श्रीमान कमल खड्काको स्मृतिमा निर्माण गरिएको निर्माण गरेको भवनको स्वयम धर्मी खड्काले उद्घाटन गरेकी थिइन । नेपाल मानव धर्म सेवा समिति अत्तरियाकी कोषाध्यक्ष इश्वरा आचार्यले उक्त सभा हलका लागि धर्मी खड्काले १ लाख ५० हजार सहयोग गरेकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.