बैतडीबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

 

बैतडी – डिलासैनी गाउँपालिका–४ नुवाकोटबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

maya metro hospital

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुक सहित पक्राउ गरेको हो ।

attariya hospital

वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.