कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते

अत्तरिया – कैलालीमा बसले ठक्कर दिँदा दुई जना घाईते भएका छन । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार राती १०ः४० बजे बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन ।

maya metro hospital

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन् ।

attariya hospital

सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै खड्काको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।

दुवैको अवस्था गम्भीर रहेको बताइएको छ । बस चालक दैलेखको गुराँस गाउँपालिका–४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.