गोदावरी – ७ हरैयामा एक दम्पत्ति मृत फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन ।

maya metro hospital

सोही वडाका अन्दाजी ६५ वर्षिय हेम बहादुर ऐर र उनकी श्रीमती अन्दाजी ५५ वर्षिया पद्मा देवी ऐर मृत अवस्थामा फेला परेका हुन । मंगलबार बिहान साढे ५ बजे दुवैजनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक रविन्द्र पाण्डेय का अनुसार स्थानिय हेम बहादुर ऐरको घरनजिकैको रुपमा झुण्डिएको अवस्थामा र उनकी श्रीमती पद्मा देवी ऐरको आफ्नै घरको सुत्ने कोठामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको हो ।

attariya hospital

दुवै जनाको शव पोष्टमार्टमका लागी सेती प्रादेशीक अस्पताल पठाईएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.