गोदावरी ११ का विद्यालय र स्वास्थ्य चौकीमा विद्युतिय हाजिरी प्रणाली जडान

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ का विद्यालय र स्वास्थ्य चौकीमा विद्युतिय हाजिरी प्रणाली जडान गरिएको छ । कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउनका लागि वडाका ६ वटा विद्यालय र १ वटा स्वास्थ्य चौकीमा विद्युतिय हाजिरी प्रणालि जडान गरिएको हो ।

maya metro hospital

वडामा रहेको श्रीराम आधारभूत विद्यालय, कैलाश आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय, शिवगौरी आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, सरस्वती माद्यमिक विद्यालय र गोदावरी स्वास्थ चौकीमा विद्युतिय हाजिरी प्रणाली जडानका लागि वितरण गरिएको वडा अध्यक्ष प्रेम सिह बडैलाले बताएका छन ।

उनले कर्मचारीहरू तोकिएको समयभित्रै कार्यालय आउजाउ गरुन् भन्ने उद्देश्यले विद्युतिय प्रणाली जडान गरिएको बताए ।

attariya hospital

शिक्षक तथा कर्मचारीहरु अनुपस्थित रहने, समयमा नआउने र आए पनि पूरा समय नबस्ने जनगुनासो लाई सम्बोधन गर्न विद्युतिय हाजिरी प्रणाली जडान गरिएको जनाइएको छ ।

विद्युतीय हाजिर रजिष्टरमा कार्यालय आउने र जाने समयमा हाजिर गर्नेपर्ने प्रावधान रहेको छ । जसमा हाजिर गरेको समय स्वचालित रुपमा रेडक हुने भएकाले हाजिरी रजिष्टरमा जस्तो समय मिलाएर हाजिरी लगाउन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.