गेटा मेडिकल कलेजलाई सेती, महाकाली अस्पताल संगको सहकार्यमा संचालन गरिने
अत्तरिया – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले गुणस्तरिय स्वास्थ्य शिक्षा र सेवाको बिस्तार गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरुको सहकार्यमा प्रदेश सरकार र अन्तरगतका अस्पतालहरुको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बताएका छन ।

सोही कार्यक्रम अन्तरगत उनले गेटा मेडिकल कलेज सेती तथा महाकाली अस्पताल सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गर्ने व्यवस्था मिलाइने बताएका छन ।


संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै उनले भने ‘बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल सुर्खेत मेडिकल कलेज कर्णाली प्रादेशिक अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चौरझारी सामुदायीक अस्पताल तथा गेटा मेडिकल कलेज सेती तथा महाकाली अस्पताल सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत मेडिकल कलेज संचालन गर्ने व्यवस्था मिलाइने छ ।’

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाइने बताएका छन ।