सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखाको अध्यक्षमा  जोशी चयन

 

धनगढी – सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखाको अध्यक्षमा  पत्रकार पुष्पराज जोशी चयन भएका छन् । यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो ।

maya metro hospital

सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे (घोडाघोडी), चन्द्रकान्त पनेरु (धनगढी), राजन जैगडी (गोदावरी), नवराज जोशी (फूलबारी), झलनाथ खनाल (टीकापुर), चन्द्रकला बिक (बर्दगोरिया), चन्द्र खनाल (लम्की चुहा) धनबहादुर चौधरी (धनगढी), पुष्कर पौडेल (धनगढी), सुदर्शन श्रेष्ठ (धनगढी), समीरप्रसाद भट्ट (धनगढी), सुनिता विक (धनगढी) लाई चनय गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.