बजेटको प्रतिक्षामा ‘१५ हजार हस्ताक्षर’

अत्तरिया – कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज यथासिघ्र संचालनका लागि बिभिन्न दबाव मुलक कार्यक्रम जारी रहेका छन । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिपछि सुरु भएका बिरोध कार्यक्रम अहिले प्रस्ताबित मेडिकल कलेजका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट बिनियोजन गरिनु पर्ने र प्रस्ताबित मेडिकल कलेज संचालनको मोडालिटी तय गरी ऐन कानुन बनाउनु पर्नेमा केन्द्रित छ ।

maya metro hospital

सोही क्रममा कैलालीको अत्तरियामा बुधबार देखि सुरु भएको दबाव मुलक कार्यक्रम अन्तरगत १५ हजार हस्ताक्षर संकलन गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले संचालन गरेको हस्ताक्षर अभियानमा शुक्रबार र शनिबार गरी १५ हजार हस्ताक्षर संकलन भएको संघर्ष समितिले जनाएको छ । स्वस्फुर्त रुपमा संचालन भएको उक्त अभियानमा ठूलो संख्यामा हस्ताक्षर संकलन भएपनि हस्ताक्षर कर्ताको माग राज्यले आइतबार जारी गर्ने बजेट भाषणमा समेट्छ वा समेट्दैन त्यो भने हेर्न बाँकी छ ।

हस्तक्षरकर्ता एवम् संघष समितिका सदस्य कमल कडायतले आफूहरुले गरेको दबाव मुलक कार्यक्रमले राज्यको ध्यान प्रस्तावित गेटा मेडिकल कलेजमा पुगेको आफूले महशुस गरेको बताए । उनले सम्भवतः आगामी आर्थिक बर्षको बजेटमा प्रस्तावित गेटा मेडिकल कलेजका लागि बजेट बिनियोजन गरिनेमा आफू आशावादी रहेको बताए ।

attariya hospital

हस्ताक्षरकर्ता एवम शिक्षक शिवराज जोशीले सुदूरपश्चिममा मेडिकल कलेजका लागि भौतिक संरचना बनेकोमा हर्सित भएपनि यसलाई तत्काल संचालन ल्याउन आवश्यक भएको बताए । ‘शैक्षिक क्षेत्रमा सुदूरपश्चिमलाई राज्यबाट विभेद भएको महशुस हामीलाई भएको छ’ उनले भने ‘मेडिकल कलेज बनेकोमा हामी खुसी छौ । यसमा अलि विलम्ब भएकोमा दबाव दिनु सकारात्मक छ ।’

हस्ताक्षरकर्ता शेर बहादुर बिष्टले राज्यले सुदूरपश्चिमलाई हरेक क्षेत्रमा उपेक्षा गरेको देखिएको बताए । उनले भौतिक संरचना निर्माण भइसकेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा लग्न सके अझै प्रभावकारी हुने बताए । ‘अहिले सम्म नेपालमा एक्ससाइजमै नआएको कुरा यसलाई मेडिकल विश्वविद्यालयको मोडालिटिमा लग्ने हो भने यसले दिगो रुपमा यस क्षेत्रको शिक्षा क्षेत्रमा विश्वविद्यालयले भूमिका खेल्न सक्थ्यो’ उनले भने ‘अहिले यसका लागि उपयुक्त समय छ । भौतिक संरचना पनि निर्माण भएका छन । राज्यले तत्काल यसको ऐन बनाएर सदनमा लगेर पास गर्न आवश्यक छ ।’

हस्ताक्षरकर्ता पदम राज ओझाले बजेट मात्रै आफूहरुको प्राथमिकता नभएर प्रस्ताविक गेटा मेडिकल कलेज संचालनका लागि नीति पनि बन्न आवश्यक रहेको बताए । ‘संदसबाट यसलाई कुन मोडेलमा संचालन गर्ने भन्ने नीति पास भएर कार्यान्वय होस भन्ने हस्ताक्षरकर्ताको मर्म रहेको छ’ उनले भने ‘बजेट आएपनि बजेटलाई कार्यान्वय गर्न नीति बनोस भन्ने हाम्रो चाहना रहेको छ ।’

हस्ताक्षरकर्ता पुर्ण सिह खत्रीले प्रस्तावित गेटा मेडिकल कलेज चाडो भन्दा चाडो सञ्चालनका लागि अझै दबाव मुलक कार्यक्रम जारी राख्नुपर्ने बताए । हस्ताक्षरकर्ता सुमन बिष्टले सुदूरपश्चिमलाई जहिले पनि हेप्ने प्रवृतिको अन्त्य गर्नका लागि अभियान जायज रहेको बताए ।

हस्ताक्षरकर्ता लोकेन्द्र साउँदले नीतिमा यसलाई नसमेटिए पछि भएको दबावमुलक हस्ताक्षर कार्यक्रमले राज्यलाई दबाव पुगेको बताए । हस्ताक्षरकर्ता इसान परियारले हस्ताक्षर कार्यक्रमले सरकारलाई दबाव परोस भन्ने आफ्नो मुख्य चाहना भएको बताए । उनले प्रस्तावित मेडिकल कलेजका लागि पुर्वाधार राम्रो बनेको भएपनि यसको सही सदुपयोग होस भन्ने आफूहरुको चाहना भएको बताए । आइतबार सार्वजनिक हुने बजेटमा प्रस्तावित गेटा मेडिकल कलेजलाई कुन मोडेलमा संचालन गर्ने भन्ने बिषय समेटिन्छ भन्ने पनि आम चासोको बिषय रहेको छ ।
यसैबिच २ दिन संकलन गरिएको हस्ताक्षर आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाईने संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) जानकारी दिएका छन । संघर्ष समितिले हस्ताक्षर अभियानमा सहभागि हुने सम्पूर्णलाई धन्यावाद ज्ञापन समेत गरेको छ । अत्तरियामा संघर्ष समितिले बुधबार देखि यथासिघ्र प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि माग गर्दै आन्दोलन गर्दै आएको छ ।

समितिले आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरी मेडिकल कलेजको मोडालिटी निर्धारण गरी नीति निर्माण नगरिए थप संघर्षका कार्यक्रम संचालन गर्ने जनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.