सुदूरपश्चिम प्रदेश सभा जेठ १६ गतेबाट सुरु हुने

 

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष जेठ १६ गते अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

citizen security services

जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.