डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाईते
अत्तरिया – डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन । आदर्श गाउँपालिका – ६ गिरिचौकाबाट दिपायल आउँदै गरेको जीप तेलपारामा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते भएकाहरुको उपचारका लागि दिपायल ल्याइदै गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
