महाकाली नदी स्थित दार्चुलामा दुई वटा झोलुंगे पुल सञ्चालन

दार्चुला – महाकाली नदीमा दुई वटा झोलुंगे पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ । तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो ।

Karma Consultancy

बडूगाउँ र आसपासका बासिन्दा जिल्ला सदरमुकाम आउजाउ गर्नसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्न बाध्य थिए । बाकुमा भने ट्युबका सहारामा महाकाली तर्नुपर्थ्यो । पुल सञ्चालन भएपछि बडूगाउँबाट भारतीय बाटो भएर एक घण्टामै गाडीमा दार्चुला सदरमुकाम पुगिन्छ भने नेपालको बाटो प्रयोग गर्दा कम्तीमा ५ घण्टा हिँड्नुपर्छ ।

citizen security services

साढे तीन वर्षअघि एकसाथ चारवटा पुलको ठेक्का लगाइएकामा अन्य दुई पुलको निर्माण भने अझै सकिएको छैन । सबै पुलको निर्माण सकेर एकसाथ हस्तान्तरण गर्ने योजनाका साथ बनिसकेका झोलुंगे पुल सञ्चालन गरिएको थिएन । स्थानीय बासिन्दाले नदी वारपारमा समस्या परेकाले बनिसकेका पुल सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।

attariya hospital

नवनिर्मित पुल दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा उद्घाटन गरिएको हो । पुलमा दुवै देशबाट अस्थायी रूपमा सुरक्षाकर्मीसमेत खटाइएको छ । राति भने सीमा पुल बन्द हुने जनाइएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले तुइन विस्थापन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा महाकालीमा चार वटा झोलुंगे पुलको ठेक्का लगाएको थियो । सञ्चालनमा आएका दुवै पुलको ठेक्का माल्लिका निर्माण सेवाले पाएको थियो । बडूगाउँको पुल १ करोड २० लाख र बाकुको पुल १ करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको हो ।

खम्पाचे/रुविना जेभि निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको ब्यास–४ मडगाउ र ब्यास–२ मालको झोलुंगे पुल निर्माण सकिन बाँकी छ । मडगाउँमा पुलको काम गत फागुनमै सकिए पनि अन्य संरचना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.