सामाजिक विकाशमन्त्री बोहराद्धारा टिकापुर अस्पतालको अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले कैलालीको टिकापुर अस्पतालको अनुगमन गरेका छन । बिहिबार मन्त्री बोहरासहितको टिमले अस्पतालको अनुगमन गरेको हो ।

maya metro hospital

अनुगमनका क्रममा बोल्दै मन्त्री बोहराले शिक्षा र स्वस्थ्य क्षेत्र सबल भए मात्रै राष्ट्रको विकास हुने बताए । उनले अबको बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्ने गरी छलफल सुरु गरेको बताए ।

‘शिक्षा र स्वस्थ्यमा एक दिन मात्रै ढिलो भयो भने त्यसबाट ठूलो क्षति हुनसक्छ, त्यसैले पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ’ मन्त्री बोहराले भने ।

attariya hospital

उनले धनगढीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र टीकापुर अस्पताललाई विशेष प्राथमिकतामा राखेको बताउँदै आवश्यक बजेटको व्यवस्थापन गरिने बताए ।

मन्त्री बोहराले प्रदेशका अधिकांश अस्पतालमा भएका स्वस्थ्य उपकरणलाई प्रयोगमा ल्याउने जनशक्ति नभएकाले प्रदेश सरकारले तत्काल यसबारे ध्यान दिने बताए । उनले भने, ‘यहाँको स्वास्थ्य क्षेत्रमा जनशक्तिको निकै अभाव छ, अब जनशक्ति उत्पादनमा प्रदेश सरकारले ध्यान दिन्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.