गोदावरी – ६ र ७ का किसानलाई कृषि सामग्री सहयोग

अत्तरिया – कैलालीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । कृषी ज्ञान केन्द्र कैलालीको अनुदानमा गोदावरी नगरपालिका – ६ र ७ का कृषकहरुलाई कृषी औँजार उपकरण वितरण गरिएको हो ।

maya metro hospital

किसानहरुलाई पावरटिलर १२, मिनिटिलर १, पम्प सेट ३, मोटर ७, टेलिपावर ७ र मर्निङ ७ वटा वितरण गरिएको छ । किसानहरुलाई एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयकी पूर्व राज्यमन्त्री चुन कुमारी चौधरीले हस्तान्तरण गरेकी थिइन् ।

सामाग्री हस्तान्तरण गर्दै पूर्व राज्यमन्त्री चौधरीले आम कृषकहरु अहिले सम्म पनि आत्मा निर्भर नभएकाले किसानको जिवनलाई माथी उकास्नको लागि आफ्नो पहलमा कृषि सामग्री वितरण गरिएको बताईन् । उनले अहिले आफू सरकारमा नभएपनि सरकारमा हुँदा कृषि क्षेत्रमा सुरुवात गरेका कामलाई निरन्तरता दिइरहेको बताइन ।

attariya hospital

कृषी औँजार वितरण गर्दा आफू निकै खुशी भएको किसान सोना चौधरीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.