गोदावरीका ४ सहकारीद्धारा जनप्रतिनिधिलाई स्वागत

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ४ सहकारीले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका छन । सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी, विश्वज्योती महिला विकास बहुउद्देश्यीय सहकारी, जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी र प्रगती महिला विकास बहुउद्देश्यीय सहकारीले गोदवरीका नवनिर्वाचित जनप्रतिनिधिका लागि स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरेका हुन ।

maya metro hospital

उक्त कार्यक्रममा गोदावरी नगरपालकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया सहित १२ वटै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ४ वटै सहकारीका अध्यक्ष तुलसी देवकोटा, लक्ष्मी बिनाडी, डम्मरी जैगडी र पुनम कार्कीले जनप्रतिनिधिहरुलाई खादा र मालाले स्वागत गर्दै सहकारी क्षेत्रमा नगरपालिकाले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.