गेटा मेडिकल कलेज यथासिघ्र संचालनको लागि दवाब दिन संघर्ष समिति गठन

अत्तरिया – कैलालीका निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज यथासिघ्र संचालनको लागि दवाब दिन ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ गठन गरिएको छ ।

maya metro hospital

गोदावरी नगरपालिमा – ५ मा निर्माणाधिन प्रस्तावित मेडिकल कलेज संचालको दवाव दिन अत्तरियाका युवाहरु सहभागि संघर्ष समिति गठन गरिएको हो ।

बुधबार गठन गरिएको संघर्ष समितिले अत्तरियामा बिरोध -याली निकाल्दै चक्काजाम गरेको थियो । आधा घण्टा अत्तरियामा चक्काचाम पछि निर्माणाधिन प्रस्तावित गेटा मेडिकल पुगेको संघर्ष समितिले समितिको ब्यानर गेटा मेडिकल कलेजको गेटमा लगाइएको थियो ।

attariya hospital

बिरोध कार्यक्रम पछि मेडिकल कलेज परिसरमा बसेको संघर्ष समितिको भेलाले उक्त समितिको संयोजकमा लोक राज पाण्डे (आगो) लाई तोकेको छ । समितिका तत्कालका लागि ३१ सदस्य राखिएको जनाइएको छ ।

उक्त समितिले भोलिदेखि चरणबद्ध रुपमा बिरोधका कार्यक्रम गर्ने संयोजक पाण्डेले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.