धनगढी जानु नपर्ने गरी कृष्णपुरमै स्वास्थ्य सेवा दिन्छौ : मेयर ओझा
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख (मेयर) हेम राज ओझाले कृष्णपुरमा मै सबै किसिमको स्वास्थ्य सेवा पाउने गरी काम गरिने बताएका छन ।

कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पद तथा गोपनियताको सपथ कार्यक्रमम बोल्दै मेयर ओझाले धनगढी जानु नपर्ने गरी स्वास्थ्य सेवाको बिस्तार गरिने बताए ।


‘यस क्षेत्रको स्वास्थ्य समस्या सामाधानका लागि पनि मैले बिशेष प्राथमिकता दिने छु । अहिले सानो समस्या हुँदा पनि धनगढी जानुपर्ने बाद्यता छ । धनगढी टाढा छ एकैदिनमा काम हुँदैन’ उनले भने ‘हामीले यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने छौ । धनगढी जानु नपर्ने गरी सेवा विस्तार गर्ने छौ ।’
उनले कृष्णपुर मै ल्याब सेवा, एक्सरे सेवा, बिशेसज्ञ चिकित्सक सेवा र २४ घण्टा ईमेर्जेन्सि सेवा दिइने बताए ।
उनले चुनाव लड्ने बेलामा बिभिन्न दलहरुले छुट्टाछुट्टै घोषणा पत्र बनाएका भएपनि अब ति सबैका साझा घोषणा पत्र भएको बताए ।
उनले कृष्णपुरको विकासका लागि अवसर र चुनौती दुबै भएको बताउँदै नगरपालिका व्यापारिक हब अत्तरिया र धनगढी संग जोडिएकाले यसको विकासका लागि ठूलो अवसर भएको बताए ।
‘हामीले यो ५ बर्षमा कृष्णपुर नगरपालिकाको नाम देशभरी फैलिने गरी काम गर्नेछौ’ उनले भने ‘सार्वजनिक शिक्षाको सुधारका लागि हामी काम गर्ने छौ ।’
उनले अहिले कृष्णपुर क्षेत्रका युवाहरु लागुऔषधमा धकेलिदै गएकाले यसको लागि पनि नगरपालिकाले बिशेष पहल गर्ने बताए । उनले कृषिको सुधार गर्दै वास्तविक किसानलाई मात्रै अनुदान दिईने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख द्रोपती रानाले आफूलाई निर्वाचित गराएकोमा धन्यावाद ज्ञापन गरिन् । उनले कृष्णपुरलाई नमुना नगर बनाउन आफूले काम गर्ने बताईन् । कृष्णपुर क्षेत्रका जनताका समस्या सामाधानका लागि आफूले काम गर्ने उनले बताईन् ।
बुधबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका थिए ।
नगरप्रमुख ओझाले उपप्रमुख राना, ९ वटै वडाका वडाअध्यक्ष सहित वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सोही कार्यक्रमा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको थियो ।
कृष्णपुरको वडा नम्बर १ मा कांग्रेसका मोहन बहादुर बस्नेत, वडा नम्बर २ मा माओवादी केन्द्रका अर्जुन सिह साउँद, वडा नम्बर ३ मा माओवादीकै खेमराज चौधरी, वडा नम्बर ४ मा माओवादीकै धर्म बहादुर सिंह, वडा नम्बर ५ मा कांग्रेसका टेक पाण्डेय, वडा नम्बर ६ मा माओवादीका बाबु राम चौधरी, वडा नम्बर ७ मा एमालेका घुम्मन राना, वडा नम्बर ८ मा कांग्रेसका दिनेश खड्का र वडा नम्बर ९ मा कांग्रेसका कैलाश बहादुर बलायर वडा अध्यक्षमा निर्वाचित भएका छन ।
भिडियो