कृष्णपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

गुलरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छ । बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख हेम राज ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

maya metro hospital

मेयर ओझाले उपप्रमुख द्रोपती राना, ९ वटै वडाका वडाअध्यक्ष संगै वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन । सोही कार्यक्रमा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको छ ।

कृष्णपुरको वडा नम्बर १ मा कांग्रेसका मोहन बहादुर बस्नेत, वडा नम्बर २ मा माओवादी केन्द्रका अर्जुन सिह साउँद, वडा नम्बर ३ मा माओवादीकै खेमराज चौधरी, वडा नम्बर ४ मा माओवादीकै धर्म बहादुर सिंह, वडा नम्बर ५ मा कांग्रेसका टेक पाण्डेय, वडा नम्बर ६ मा माओवादीका बाबु राम चौधरी, वडा नम्बर ७ मा एमालेका घुम्मन राना, वडा नम्बर ८ मा कांग्रेसका दिनेश खड्का र वडा नम्बर ९ मा कांग्रेसका कैलाश बहादुर बलायर वडा अध्यक्षमा निर्वाचित भएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.