अत्तरिया – गोदावरी नगरपालिकाको मेयरमा पराजित स्वतन्त्र उम्मेदवार टेक विकले आफ्नो चुनावी घोषणा पत्र मेयरमा निर्वाचित बिरेन्द्र भट्टलाई बुझाएका छन । उनले मंगलबार मेयरको कार्यकक्षमा पुगेर आफ्नो चुनावी घोषणा पत्र मेयर भट्टलाई बुझाएका हुन ।
घोषणा पत्र मेयरलाई बुझाउदै विकले आफू चुनावमा पराजित भएपनि आफ्नो घोषणा पत्र कार्यान्वय गरिदिन आग्रह गरे ।


‘यस क्षेत्रको गरीबी, बिपन्नता, असमानता र अन्यायलाई अन्त्य गर्दै एउटा समृद्ध गोदावरी बनाउनका लागि मैले उम्मेदवारी दिएको थिए’ उनले भने ‘यो क्षेत्रका अन्याय अत्याचार कुरिती कुसंस्कार अन्त्य र यस क्षेत्रको भौतिक पुर्वाधार सहितको एउटा समृद्ध गोदावरी बनाउन यहाँहरुको महत्तपूर्ण भूमिका रहन्छ भन्ने अपेक्षा गरेको छु ।’
उनले विशेष गरेर यक्ष क्षेत्रका विपन्न वर्गको लागि काम गरिदिन मेयर भट्टलाई आग्रह गरे ।
घोषणा पत्र बुझ्दै मेयर भट्टले घोषणा पत्रले काम गर्न थप बल पुग्ने बताए । बैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा बिक गोदावरीको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले निर्वाचनमा ६३१ मत पाएका थिए ।
