सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी ७ जिल्लामा निल

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल नेकपा एकीकृत समाजवादी स्थानीय तह चुनाव २०७९ मा प्रदेशका ७ जिल्लामा निल भएको छ । प्रदेशका ८८ पालिका मध्ये ८७ पालिकाको नतिजा सार्वजनिक भइसक्दा एकीकृत समाजवादीले दुई जिल्लाका २ पालिकामा मात्रै विजय हासिल गरेको छ ।

maya metro hospital

एकीकृत समाजवादीले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिकामा मात्रै विजयी भएको हो ।
प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा बढी ४० पालिकामा प्रमुख र अध्यक्ष जितेको छ । २०७४ सालमा काँग्रेसले ३८ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेको थियो ।

यस्तै एमालले २५ वटा स्थानीय तहमा प्रमुख र अध्यक्ष पदमा जितेको छ । उसले २०७४ को चुनावमा ३९ पालिकामा जितेको थियो ।
माओवादीले १४ स्थानीय तहमा जितेको छ । उसले २०७४ को चुनावमा १० पालिकामा जित हात पारेको थियो ।नागरिक उन्मुक्ति पार्टीले ४, र २ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

attariya hospital

एकीकृत समाजवादी ७ जिल्लामा निल हुँदा काँग्रेस, एमाले र माओवादी केन्द्र १–१ जिल्लामा निल भएका छन् । काँग्रेसले दार्चुला, माओवादीले बाजुरा र एमालेले डडेल्धुरा जिल्लामा एउटा पालिका पनि जित्न नसकेको हो ।बाजुराको बुढीगंगा नगरपालिकामा भने विवाद हुँदा अझै मतगणना सुरु हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.