बूढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

 

धनगढी – निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्र बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना गर्ने भन्ने निर्णय लिने भएको छ ।

Karma Consultancy

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगलाई बूढीगंगा नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ ।  त्यहाँ आयोगका आयुक्त सगुनशम्शेर राणा संयोजकत्वको टोली गएको थियो ।

citizen security services

अर्का आयुक्त रामप्रसाद भण्डारी संयोजकत्वमा उदयपुरको त्रियुगा नगरपालिका गएको टोलीले भने प्रतिवेदन बुझाउन बाँकी रहेको छ । दुवै प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले कहाँ के गर्ने भन्ने निर्णय लिने सहायक प्रवक्ता अर्यालले बताए ।

attariya hospital
belauri nagarpalika

उनले भने, ‘माननीय सगुनशम्शेर जबरा नेतृत्वको स्थलगत अध्ययन टोलीको प्रतिवेदन आइसकेको छ । माननीय रामप्रसाद भण्डारी नेतृत्वको अध्ययन टोलीको प्रतिवेदन आउन बाँकी छ । दुवै प्रतिवेदनको अध्ययनपछि माननीय आयुक्तहरूको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।’

दुवै नगरपालिकामा दलहरूबीच विवाद हुँदा मतगणना हुन सकेको छैन । बूढीगंगा नगरपालिकामा फेरि मतदान गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसको आरोप छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले ३० वैशाखमै विज्ञप्तिमार्फत त्यहाँ फेरि मतदान हुनुपर्ने माग गरेका थिए । नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको र सो क्रममा एमाले कार्यकर्ताहरूले बुथ कब्जा गरेको भन्दै कांग्रेस मतगणनाको पक्षमा छैन ।

एमालेले भने कुनै पनि मतदान केन्द्रमा धाँधली र बुथ कब्जा नभएकाले मतगणना हुनुपर्ने पक्षमा रहेको छ । त्रियुगा नगरपालिकाको भने वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा भएको विवाद हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.