कञ्चनपुरका सीमा नाका ४ दिन बन्द हुने 

 

अत्तरिया – कञ्चनपुरको सीमानाका ४ दिन बन्द हुने भएका छन । भारतको चम्पावत विधान सभा – क्षेत्र – ५५ को उपनिर्वाचनका लागि सीमा नाका बन्द गरिन लागेको हो ।

maya metro hospital

जेष्ठ १७ गते हुने उपनिर्वाचनका लागि जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजे सम्म चम्पावत जिल्लासंग सीमा जोडिएका क्षेत्रका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्धारा जारी सूचनामा उक्त अवधिमा स्वास्थ्य उपचार लगायत अन्य अत्यावश्यक सेवाको लागि भने अनुमति प्राप्त हुने उल्लेख गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.