धनगढीको मेयरमा निर्वाचित हमालले गरे पदभार ग्रहण 

 

अत्तरिया – धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित गोपाल हमालले पदभार ग्रहण गरेका छन । सोमबार सपथ ग्रहण गरे लगत्तै हमालले पदभार ग्रहण गरेका हुन ।

maya metro hospital

पदभार ग्रहण गर्नु पुर्व कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले जिल्ला अदालतको हलमा उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगतै उनले पदभार ग्रहण गरेका हुन ।

मेयरमा निर्वाचित हमाल स्वतन्त्रबाट चुनाव लडेका थिए । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याएर विजयी भएका थिए ।

attariya hospital

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका नृप ओडसँग २७ सय मतान्तरले पराजित भएपनि दोस्रो पटकमा भने उनी ओडलाई नै पराजित गर्दै विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.