कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्मचारीलाई नागरिक अभिनन्दन
डडेल्धुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ।
यहाँका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपर जोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागाजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन्।
कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत अभिनन्दन गरेका हुन्। जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ आयाम आएको छ।
आलु सुपरजोन कार्यक्रम मार्फत् प्रविधि प्रदर्शन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायिक आलु खेतीमा किसानहरूलाई अभिप्रेरित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरू लगायत नवदुर्गा गाउँपालिकामा समेत बृहत् आलु खेतीतर्फ किसानहरू व्यवसायिक बनेका छन्।