पुनर्वासको मेयर उपमेयरमा कांग्रेस विजयी

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।

Karma Consultancy

शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।

citizen security services

उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ र एमालेकी सुशिला खत्रीले ५ हजार ३ सय ३ मत प्राप्त गरिन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.