गौरीगंगामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु
धनगढी – कैलालीको गैरीगंगामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका स्थित चौमालामा से १ त ६८२७ नम्बरको ट्याक्टरले सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक लम्कीचुहा नगरपालिका १ की ३० वर्षीया सविता कलेलको मृत्यु भएको हो ।

महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए । तर, अहिले राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ ।
