बुढीगंगाको विवाद अझै सुल्भिएन

बाजुरा – वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम नै अन्तिम चरणमा छ । बाजुराका अन्य पालिकाको स्थगित निर्वाचनसमेत भएर परिणाम आइसक्यो । तर, बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने वा पहिलेकै मत गणना हुने अन्योल कायम छ ।

maya metro hospital

बाजुरा भूगोल भएका कांग्रेस एमालेका ’ठूला नेता’ ले साखको विषय बनाउँदा स्वतन्त्र मतदान हुन त सकेन नै । निर्वाचन आयोगले समेत निर्णय गर्न सकस परिरहेको छ। नेपाली कांग्रेसले पुनः मतदानको माग गरिरहेको छ भने नेकपा एमालेले मतदान भइसकेकाले गणना थाल्नुपर्ने अडान राखेको छ ।

विवादित बुढीगंगा नगरपालिका कांग्रेस र एमालेका ’ठूला नेता’ हरुको गृहनगर हो । कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका महान्यायाधिवक्ता खम्मबहादुर खाती यही नगरबाट प्रतिनिधित्व गर्छन् ।

attariya hospital

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह–इञ्चार्ज कर्ण थापा, केन्द्रीय सदस्य तथा सांसद लालबहादुर थापा र पूर्व प्रदेशमन्त्री प्रकाश शाहको मतदान केन्द्र यही नगरपालिकामा पर्छ ।

दुवै पक्षमा प्रभावशाली नेता भएका कारण गृहनगर जित्नैपर्ने दबाबका साथ उनीहरु चुनावअघिदेखि नै सक्रिय थिए । आ–आफ्ना निकटस्थ नेताहरुलाई टिकट दिलाउन समेत उनीहरुले कसरत गरे । महान्याधिवक्ता खातीका आफन्त तथा प्रदेशप्रमुख जोशीको देउवा गुटका नेता रंग खातीलाई मेयरको टिकट दिलाउने विषय कांग्रेसमा पेचिलो बन्यो ।

खातीका विरुद्धमा उठेका नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ एमाले नेताद्वय कर्ण र लालबहादुरका आफन्त नै हुन् । पार्टीका कारण मात्र नभइ गुट र आफन्तका कारण समेत जिताउनैपर्ने दबाबमा ठूला नेताहरु परे ।

त्यसको प्रतिछाँया निर्वाचनका दिन देखियो । कांग्रेस प्रभावशाली रहेको वडा नं ४ र ७ मा कांग्रेस कार्यकर्ता हाबी भए। उनीहरु एमालेका उम्मेदवार र मतदाता मात्रै लखेटेनन्, एउटै बुथमा ९९.४१ प्रतिशत मत खसाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.