कञ्चनपुरको कृष्णपुरमा बोक्सीको आरोपमा निर्घात कुटपिट 

 

अत्तरिया –  कञ्चनपुरको कृष्णपुर–४ मा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । ती महिलालाई आफ्नै देवर गणेश बिकले निर्घात कुटपिट गरेका हुन् ।

maya metro hospital

कुटपिटबाट महिलाको टाउको र शरीरमा चोटपटक लागेको छ । उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । एकल महिलासमेत रहेकी बिकलाई माइती देउताको बोक्सी लगाएको भन्दै लामो समयदेखि आफू कुटपिटमा परेको उनको भनाइ छ ।

घरमा काम गर्दै गरेको अवस्थामा गाली गर्दै एक्कासी देवरले भाटाले आक्रमण गरेका बिकले बताइन् । आक्रमणपछि आफू बेहोस भएको उनको भनाइ छ । पीडित महिलाका दुई छोरी र एक छोरा छन् ।

attariya hospital

बोक्सी लगाएको भन्दै उनका देवर गणेशले आफ्नो कुनै प्रगति तथा परिवारिक स्वास्थ्यस्थिती राम्रो नभएको भन्दै कुटपिट तथा झगडा गर्दै आएको पीडित महिलाको आरोप छ ।

शुक्रबार ठाडो उजुरीका आधारमा गणेश बिकलाई ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ । प्रहरी भने बोक्सीको आरोपमा कुटपिट भएको भनेर जाहेरी नआएकाले पन्छिन खोजिरहेको बताइएको छ । यस विषयमा प्रहरीले भने कुनै प्रतिक्रिया दिन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.