कृष्णपुरमा कांग्रेसको अग्रता कायमै, माओवादी पछिपछि, एमाले तेस्रोमा
अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ८ हजार ४४२ मतसहित अग्रस्थानमा अग्रता बनाएका छन ।


उनलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोगराज चौधरीले पछ्याइरहेका छन् । चौधरीले ६ हजार ७१४ मत ल्याएका छन् । मेयरका लागि सुरुवात देखिनै कांग्रेस अग्रता लिदै एमालले पछ्याइरहेकोमा पछिल्लो मत परिणाम अनुसार माओवादीले एमालेलाई पछि पारेको छ । अहिले एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका लोकेन्द्र पन्तले पनि ५ हजार ८०७ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ८ हजार ३०९ मत ल्याएकी छन् । उपमेयरमा एमाले दोस्रो स्थानमा छन । उपमेयरमा एमालेकी रमिता कुमारी रानाले ६ हजार ४७४ मत ल्याएकी छिन । उपमेयरमा माओवादीकी गिता मल्लले ५ हजार ५५९ मत ल्याएकी छिन ।
