बूढीनन्दाको मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र निर्वाचित 

 

बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ११५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले ३ हजार २७१ मत पाएर पराजित भएका छन् ।

maya metro hospital

यस अघि पदमकुमारसँग मेयरमै पराजित भएका जनकले यो पटक बाजी मार्न सफल भएका छन् । मेयर नै दोहोर्याउन खोजेका पदम भने यसपटक पराजित भएका छन् ।

नगरपालिकाको उपमेयरमा भने स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा निर्वाचित भएका छन् । उनले ४ हजार ७७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी सिंहले ३ हजार ६७७ मत पाएकी छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.