जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी –  कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरीया विजयी भएकी हुन् ।

maya metro hospital

गाउँपालिका अध्यक्षमा विजयी भएका चौधरी करिब २५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले ७ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम कठरीयाले ५ हजार २४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका टेकबहादुर बमले ४२४१ मत पाए ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा ६ हजार ५६२ मत प्राप्त गरी नागरिक उन्मुक्ति पार्टीकी लालमतीदेवी कठरीया विजयी भइन् । उनीसँग नेकपा एमालेकी उम्मेदवार गीता चौधरी १ हजार ७०४ मत अन्तरले पराजित भइन् । चौधरीले ४ हजार ८५८ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जय प्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।

attariya hospital

यसअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी कैलालीका टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा विजयी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.