बैतडीमा हावाहुरीले विद्यालयको छानो उडायो
बैतडी – शुक्रबार चलेको हावाहुरीले बैतडीको एक विद्यालयको छानो उडाएको छ । हावाहुरीले सिगास गाउँपालिका – ४ देउलेकमा रहेको देउलेक आधारभुत विद्यालय भवनको छानो उडाएको हो ।

विद्यालयको ४ कोठे भवनको छानो उडाएको स्थानीय धन बहादुर धामीले जानकारी दिएका छन । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल २५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
