गरिबलाई निशुल्क शिक्षा दिईने छ : आदर्शका नवनिर्वाचित अध्यक्ष खड्का

अत्तरिया – डोटीको आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश खड्काले गरिबलाई निशुल्क शिक्षा दिईने बताएका छन ।

maya metro hospital

शुक्रबार पदभार ग्रहण गरेपश्चात सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै उनले गरिबको पहिचान गरी निशुल्क शिक्षाको व्यवस्थापन गरीने बताएका छन ।

यसका साथै उनले महिला स्वयमसेविका, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरीने समेत बताएका छन ।

attariya hospital

उनले सामाजिक सञ्चालमा लेखेका छन, ‘महिला स्वयमसेविका, ज्येष्ठ नागरिक, सुत्केरी महिलालाई एम्बुलेन्सको व्यवस्थापन, गरिब पहिचान र निशुल्क शिक्षा आजैबाट सुरुवात ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.