खाेज्नुहाेस

कञ्चनपुरका ४ पालिकामा मतगणना : १ पालिकामा माओवादी, ३ पालिकामा कांग्रेसको अग्रता

Image

कञ्चनपुुर – कञ्चनपुुरका ४ पालिकामा मतगणना सुरु भएको छ । जसमा एक पालिकामा नेकपा माओवादी केन्द्र र ३ पालिकामा नेपाली कांग्रेसले अग्रता लिएका छन । बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका पोतीलाल चौधरी ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छिन् ।

navjiwan hospital

दोधरा चाँदनीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन् । यसैगरि बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मतसहित अग्रता लिएका छन् । एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन् ।

attariya hospital

लालझाडी गाउँपालिकामा पनि कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन् । माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन् ।

जिल्लाका पुनर्बास नगरपालिका बाहेकक अन्य ४ पालिकामा शनिबार सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुनर्बास नगरपालिका १० मा मतदान स्थगित भएका कारण उक्त वडाको निर्वाचनपछि मात्रै मतगणना गरिने पुनर्बासकी निर्वाचन अधिकृत किरण जोशीले बताइन् ।